भाद्र २३
सोमरभोमर माध्यमिक बिद्यालय धुर्कोट गाउपालीका वडा नम्बर ३ हाडहाडे गुल्मीमा आर्थिक वर्ष २०७६।७७ को सामाजिक परिक्षण कार्यक्रम सम्पन्न भएको छ । भौतिक दुरी कायम गरि गरिएको कार्यक्रममा शिक्षक अभिभावक संघ अध्यक्ष चोप बहादुर पहराईको अध्यक्षता,गाउ शिक्षा समिति सदस्य छन्द बहादुर पहराईको प्रमुख आथित्यता, बिद्यालय व्यवस्थापन समिति अध्यक्ष छबिलाल काउछा,शैक्षिक गुणस्तर सल्लाहकार समिति सदस्य लुम बहादुर पहराई ,धुर्कोट गाउपालीका वडा नम्बर ३ का वडा सदस्य डिल बहादुर थापाको बिशिष्ट आथित्यता रहेको थियो । प्रधानाध्यापक कृष्ण बहादुर काउछाले सहजिकरण गर्नुभएको कार्यक्रममा गंगा बहादुर रानाले सामाजिक परिक्षण प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । गाउ शिक्षा समितिको निर्देशन अनुसार प्रतिनिधिमुलक बुद्धिजिविहरुलाई जम्मा गरि परिक्षण कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रमको सन्चालन सहायक प्रधानाध्यापक अच्युत पन्थीले गर्नुभएको थियो ।