भाद्र २३
कृष्ण अन्जान
स्थानिय एकजना पुरुषमा कोरोना पोजेटिभ देखिए पछि यतिवेला रुरुक्षेत्र गाउंपालिका वडा न १ को रिडी बजार त्रसित वनेको छ । गतहप्ता काठमाण्डौवाट आएका ति पुरुषमा कोरोना पोजेटिभ देखिए पछि यतिवेला उनि संस्कृत विध्यापिठ रातामाटामा रहेको आइसोलेसनमा छन । उनका परिवारका सदस्य क्वारेन्टाइनमा रहेको रुरु १ का वडाध्यक्ष रामलाल विकले जानकारी दिनुभयो । क्वारेन्टाइनमा रहेकाहरुको पनि स्वाव संकलन गरेर भैरहवा पठाइएको र रिपोर्टको प्रतिक्षमा रहेको वडाध्यक्ष विकले वताउनुभयो । गतहप्ता ति पुरुष संगै अन्य तिन जना पनि आएको र रातिको समयमा रिडी वसपार्कमा झरेका ति व्यक्तीहरु आआफ्नो गन्तव्य तिर लागेका थिए । चारजना व्यक्ती रिडीमा आएको थाहा भएपछि वडाध्यक्ष रामलाल विकले प्रहरी प्रशासनमा खवर गर्नुभएको थियो । यसरि आएकाहरुका वारेमा प्रशासनले वुझ्दा तिनजना परिवारका साथ रिडीमा रहेको र एक जना पाल्पा छहरा तर्फ लागेको वुझिएको थियो । रिडीमै रहेका तिनजनाको स्वाव परिक्षण गर्दा एक जनाको रिपोर्ट पोजोटिभ आएको र अरु दुइ जनाको रिपोर्ट नेगेटिभ आएको थियो ।
रिपाोर्ट पोजेटिभ आउने परिवार संगै रिडीमा डेरा लिएर वसेकाले निजका परिवारको पनि स्वाव संकलन गरि भैरहवा पठाइएको हो । यस अघि रुरुक्षेत्र गाउंपालिकाको वडा न ४ र ५ का केहि क्षेत्रहरुमा कोरोना संक्रमण देखिए पछि वलेटक्सार र वम्घाका केहि टोलहरु सिल गरिएको छ । पछिल्लो पटक रिडी वजारमा समुदायमै डेरा गरि वस्नेहरुमै कोरोना देखिएको र निजका परिवारका सदस्य हरुले स्थानिय पसलहरुमा सामान खरिद गरेकाले पनि रिडी वासिमा कोरानाको त्रास वढेकोे छ ।