गुल्मी /असोज १
गुल्मीको कोरोना परिक्षण गर्ने पीसीआर मेसिनको बिहिबार परराष्ट्रमन्त्री ज्ञवालीले उद्ध्घाटन गर्ने कार्यक्रम रहेको छ । कोरोना भाइरस परिक्षणको लागि पीसीआर परिक्षण ल्याव स्थापना भएको छ । परराष्ट्रमन्त्री ज्ञवालीको पहलमा रेसुङ्गा नपा ९, उपल्लो तम्घासमा पीसीआर जाँच ल्याव स्थापना भएको हो । ल्यावका लागि जिल्लाका १२ वटै स्थानीय तहले ५ लाखका दरले संकलन गर्ने प्रतिवद्धता जनाएका थिए ।उद्धघाटनको लागि मन्त्री ज्ञवाली गुल्मी आउदै हुनुहुन्छ ।बिहान ११ बजे पिसिआर मेसिनको उद्धघाटन हुदैछ ।