पाल्पा
असोज १ – पाल्पाका एक ५२ वर्षीय कोरोना संक्रमित पुरुषको ज्यान गएको छ ।
बुटवल र भैरहवा अस्पतालले भर्ना नलिएपछि उनको ज्यान गएको बताइएको छ । उपचाररत ती कोरोना संक्रमितको आज मृत्यु भएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिनुभयो । तानसेन नगरपालिका वडा नम्बर ७ का ती बिरामीलाई बुटवल र भैरहवाका ४ वटा अस्पतालमा पुर्याइएको थियो । ४ वटै अस्पतालले भर्ना नलिएपछि पाल्पा फर्काएको ३ दिनपछि उनको मृत्यु भएको हो । कोरोनासँग मिल्ने लक्षण देखिएपछि स्वाव परीक्षण गर्दा २९ गते उनमा कोरोना पोजेटिभ देखिएको थियो । उनी भदौ २६ गते मिसन अस्पतालमा उपचारका लागि भर्ना भएका थिए । मिसन अस्पतालले ३० गते बुटवलको कोरोना प्रादेशिक अस्पतालमा रिफर गरेको थियो । तर उनलाई बुटवल र भैरहवाका सुविधा सम्पन अस्पतालहरुले भर्ना लिएनन् । पाल्पामा आईसियु र भेन्टिलेटर नभएपछि थप उपचारका लागि उनलाई कोरोना अस्पताल रिफर गरिएको थियो । तर एकपछि अर्को अस्पतालले भर्नाका लागि बेड खाली नभएको भन्दै फर्काएपछि उनको मृत्यु भएको सूचना अधिकारी पन्थीले बताउनुभयो ।