गुल्मी / असोज २
गुल्मी चेम्बर अफ कमर्सले परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीलाई ध्यानाकर्षण पत्र बुझाएको छ । गृह जिल्लामा रहनुभएका नेपाल सरकारका प्रवक्ता तथा परराष्ट्रमन्त्री ज्ञवालीलाई जिल्लामा रहेका उद्योगी ब्यवसायीलाई कोरोनाले पारेको प्रभवाको सम्बन्धमा जानकारी गराईएको थियो । गुल्मी चेम्बर अफ कमर्सको भवनमा सम्पन्न कार्यक्रममा ध्यानाकर्षण पत्र मार्फत बिगत ६ महिना देखि बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण गरिएको लकडाउनले उद्योगी ब्यवसायी निकै ठुलो समस्यामा पारेको छ ।उद्योग, ब्यवसाय कलकारखानाहरु बन्द हुदाँ बैंकको बुझाउने पर्ने साँवा ब्याज किस्ता, घरभाडा, श्रमिकको पारिश्रमिकसमेत भुत्तानी गर्न ब्यवसायीहरुलाई निकै ठुलो समस्या रहेको जनाईएको छ । यस्तै गुल्मी चेम्बर अफ कमर्सको पहलमा गुल्मी जिल्लामा करदाता सेवा कार्यालय स्थापना भई सेवा प्रवाह हुदाँ धेरै नै सहज भएको जानकारी समेत गराईएको छ । यस्तै परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीलाई गुल्मी जिल्लामा तत्काल यातायात सेवा कार्यालयको स्थापनाको लागी पहल गरिदिन समेत आग्रह गरिएको छ । गुल्मी चेम्बर्स अफ कमर्सका अध्यक्ष युवराज न्यौपानेले उक्त ध्यानाकर्षण पत्र बाचन गरेर परराष्ट्रमन्त्री ज्ञवालीलाई सुनाउनुभएको थियो ।परराष्ट्रमन्त्री ज्ञवालीले सरकार सधै उद्योगी ब्यवसायीको हितको लागी नै लागी परेको बताउनुभयो । यस संकटको अवस्थामा सबैले भारी लिने र बढी सरकारले अझ जिम्मेबार ढंगले पुरा गर्ने बताउनुभएको थियो ।
कार्यक्रममा गुल्मी चेम्बर अफ कमर्सका अन्य पदाधिकारी लगायतकाृ सहभागीता रहेको थियो ।