चुरामणी तिमिल्सिना
गुल्मी, असोज २
गुल्मी दरबार गाउँपालिका वडा नम्बर ४ जिमिकि ३७ वर्षिय सीता रजालिको मृत्यु पछी उनको श्रीमान रेम बहादुर रजालिलाइ एक कार्यक्रमका बीच नगद रकम हस्तान्तरण गरिएको हो । देउराली लघुबित्त बित्तीय सस्था लि साखा कार्यलय छत्रकोटले केन्द्र न १३ कि सीता रजालिको मृत्यु पछी उनको निवासमा पुगेर क्रिया खर्च रु २४ हजार प्रदान गरेको हो। साथै रजालीको कर्जा बापतको रकम रु ६० हजार मिनाह गरिएको साखा प्रमुख बिनोद बस्यालले जान्कारि दिनुभयो।
बस्यालले रकम हस्तान्तरण गर्दै ग्रामीण भेगमा रहेका बिपन्न महिलाहरुलाई सस्तो ब्याजदरमा कर्जा लगानी गरि ग्रामीण भेगका महिलाहरुको जिबन स्तर उकास्न आफुहरु लागि परेके बताउनु भयो । कार्यक्रममा रकम बुझ्दै दुखको बेलामा संस्थाले आफुहरुलाइ ठूलो सहयोग गरेको भन्दै रजालिले धन्यवाद प्रकट गर्नुभएको थियोे ।
संस्थाका कर्मचारीहरु, समुहका सदस्यहरु सामाजिक अभियनताहरु , समाजसेवी, महिला समूहका सदस्य लगायको सहभागिता रहेको कार्यक्रमको प्रमुख अतिथि साखा प्रमुख बिनोद बस्याल रहनुभयको थियो। समूह कि प्रमुख शिखा रेस्मीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो