असौज ४
पछिल्लो २४ घण्टामा १३२५ जनामा कोरोना भाइरस (कोभिड(१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ९ हजार ५८४ नमुना परीक्षण गर्दा ४६९ महिला र ८५६ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या ६४ हजार १२२ पुगेको छ । उनीहरुमध्ये ४११ जनाको मृत्यु भएको छ भने ४६ हजार २३३ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र ९६६ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
काठमाडौं उपत्यकामा ७६७ जनासंक्रमित थपिएका छन्, जसमध्ये काठमाडौंका ६०२, भक्तपुरका १०१ र ललितपुरका ६४ जना छन् । यस्तै रुपन्देहीका ११३ जना, मोरङका ६३, रौतहटका ३६, बाँकेका ३२, कास्कीका ३०, सुर्खेतका २९, मकवानपुरका २४, धादिङका २१, बझाङका १९, सिराहा र लमजुङका १८र१८ जना, चितवनका १५, पर्साका १४, कपिलवस्तु, नवलपरासी, पाल्पा र कैलालीका १२र१२ जना, प्युठान ११ तथा सर्लाही र अछामका १०र१० जनामा संक्रमण पुष्टि भएको छ । सुनसरीका ७ जना, गुल्मी र बर्दियाका ६र६ जना, सप्तरीका ५ जना, दोलखाका ४ जना, झापा, सिन्धुपाल्चोक र दाङका ३र३ जना, पाँचथर, धनुषा, काभ्रे र गोरखाका २र२ जना तथा उदयपुर, तेह्रथुम, भोजपुर, बारा, नुवाकोट, सिन्धुली, तनहुँ, बाग्लुङ, स्याङ्जा, अर्घाखाँची, रोल्पा र कालीकोटका १र१ जनामा पनि संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।