सुरेश थापा
गुल्मी/ असोज ५
गुल्मीको सत्यवति गाउपालीकाको जोहाङ प्राथमिक स्वास्थ्य केन्द्रमा स्वास्थ्य बिमा/फार्मेसीको उद्धघाटन गरिएको छ । गाउपालीका अध्यक्ष पारिश्वर ढकालले आइतबार एक कार्यक्रमका बिच बिमा तथा फार्मेसीको उद्धघाटन गर्नुभएको हो ।
उद्धघाटन कार्यक्रममा व्यवस्थापन समिति अध्यक्ष तथा वडा नम्बर ६ का वडाध्यक्ष बिष्णु भण्डारीको अध्यक्षता,गाउपालीका अध्यक्ष पारिश्वर ढकालको प्रमुख आथित्यता , उपाध्यक्ष सुवर्ण शाहि सेरचन र प्रमुख प्रशासकिय अधिकृत झबिस्वर रेग्मीको बिशिष्ट आथित्यता रहेको थियो । चेम्बर अफ कमर्स गुल्मीका अध्यक्ष युवराज न्याउपाने,इलाका प्रहरी कार्यालय जोहाङका प्रमुख सुग्रिब बैदवार, स्वास्थ्य कर्मिहरु,समाजसेबि बुद्धिजिवि लगायतको कार्यक्रममा उपस्थिति रहेको थियो ।
कार्यक्रममा डा. शिला ढकालले बिमाको उद्धेश्य र आवश्यकता बारे प्रष्ट्रयाउनुभएको थियो । बिमा गरेको ३ महिनापछि एक्टीभ भइसकेपछि बिमितले स्वास्थ्य केन्द्र बाट प्रदान गरिने सम्पुर्ण सेवाहरु निशुल्क रुपमा पाउनेछन । ३५ हजारमा पाँच जनाको परिवारले १ लाखसम्मको उपचार निशुल्क पाउने छन भने ५ जना भन्दा बढि भएको परिवारले बिमा गर्न चाहेमा प्रति एक जनाको ७ सय रुपैया थप हुने र प्रिमियम पनि २० हजार बढ्ने छ । डा.शिला ढकालको स्वागत मन्तव्यसगै सुरु भएको कार्यक्रमको सन्चालन ल्याब टेक्नीसियन खिमलाल पाण्डेले गर्नुभएको थियो ।