अजय खड्का
असोज ६ / गुल्मी- गुल्मीमा पहिरोमा पुरिएर २ जना मृत्यु भएको छ ।
पहिरोमा परेर १ जना घाइते भएका छन् । इस्मा गाउँपालिका वडा नम्बर–२ रातचौरमा बाटो माथीबाट खसेको पहिरोमा परेर ३९ वर्षका प्रेमबहादुर कुमाल, ५ वर्षका सफल कुमालको मृत्यु भएको सशस्त्र प्रहरीबल गुल्म गुल्मीका डिएसपी अशोक कुमार लम्साल ले जानाकारी दिनुभयो । पहिरोमा ६० वर्षका तिलक कुमाल घाइते भएका छन् । उनको अबस्था समान्य रहेको छ । घाइतेको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरीले जनाएको छ । सोमबार साँझ आफन्तिको न्वारान पुजा गएर फर्किने क्रममा बाटो माथीबाट खसेको पहिरोमा परेर २ जना बेपत्ता भएका थिए । रातको समयभएपछि मंगलवार बिहान करिब १० बजे नेपाली सेना, शसस्त्र प्रहरी, प्रहरी मिलेर शव फेला पारेको शसस्त्र प्रहरी वल गुल्म गुल्मीका प्रहरी नायव उपरिक्षक अशोक कुमार लम्सालले जानकारी दिए । पहिरोबाट निकालिएका शवलाई पोष्ट मार्टमको लागि गुल्मी अस्पताल लगिएको उद्धारमा खटिएका शसस्त्र शसस्त्र प्रहरी वल गुल्म गुल्मीका प्रहरी निरिक्षक कम्लेसकुमार यादवले जानकारी दिनुभयो ।