असौज ६
चुरामणी तिमिल्सिना
गुल्मीको रुरु गाउँपालिका वडा नम्बर एकमा पर्ने रिडि बजार एक हप्ताको लागि शिल गरिएको छ। कोरोना संक्रमण समुदाय स्तरमा फ़ैलिने जोखिम बढ्दै गएकोले गाउँपालिकाको रिडि क्षेत्र शिल गर्न परेको रुरु गाउँपालिका वडा नम्बर एक का अध्यक्ष राम लाल बिकले बताउनु भयो। रुरु गाउँ पालिका वडा नम्बर १ रिडि बजारमा बसोबास गर्दै आउनु भएका ७५ बर्षका जेष्ठ नागरिकमा कोरोना संक्रमणको पुष्टि भएको थियो। संक्रमित ७५ वर्षीय पुरुषमा अचानाक स्वास्थमा समस्या देखिए पछि उहालाई प्राथमिक स्वास्थ केन्द्रमा उपचारका लागि लगिएको थियो। थप उपचारको लागि उनलाई अञ्चल अस्पताल पठाइएको रुरु क्षेत्र गाउँ पालिका वार्ड न १ का वार्ड अध्यक्ष रामलाल बिकले जानकारी गराउनु भयो। उनी घरमै रहेको बेला यस्तो अबस्था देखिए पछी रिडि बासिमा त्रास फैलिएको समाचारमा बताइएको छ। यस्तै गरि पाल्पा कुसेनिका एक जना महिलाको कोरोना संक्रमण बाट केही दिन अगाडी मृत्यु भएको थियो। यस बाट कोरोना संक्रमण समुदाय स्तरमा फ़ैलिन सक्ने जोखिम बढेको छ। संक्रमणको जोखिमको न्यूनीकरणको लागि रिडि बजार आसपासका क्षेत्रलाइ शिल गरिएको छ। शिल अवधी भर अत्यावश्यक सेवाका पसलहरु बाहेक अन्य पसल हरु , बित्तीय संस्था , बिद्यालय , सहकारी , निजि तथा सरकारी कार्यलय पूर्णरूपमा बन्द रहेने आज बसेको बैठक पछि जारी गरिएको सूचनामा उल्लेख गरिएको छ। साथै रिडि रुद्र बेणि सडक खण्ड अन्तर्गत कालीगण्डकी करिडोर सडक खण्ड प्रयोग गर्न भनिएको छ। शिल अवधि भर निषेधित कार्य गरिए कडा कारबाही हुने सूचनामा उल्लेख छ। यस्तै गरि तान्सेन नगरपालिका वडा नम्बर १४ साविकको वडा नम्बर ४ कुसेनी र वडा नम्बर ९ का रिषिकेष टोल समेत एक हप्ताको लागि शिल गरिएको छ। कोरोना संक्रमण समुदाय स्तरमा थप फैलिन नदिन शिल गर्नु परेको जानकारी तानसेन नगरपालिका वडा नम्बर १४ का वडा अध्यक्ष कमल रानाले दिनु भयो।