असौज ६
गुल्मीमा थप २१ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । जिल्लाको मुसिकोट नगरपालीकामा १३ जना र रुरु क्षेत्रगाउँपालिकामा ८ जनामा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य कार्यलय गुल्मीका परिवार नियोजन सुपरभाइजर गोपाल ब. कार्कीले जानकारी दिनुभयो । यो सँगै जिल्लामा कोरोना संक्रमितको कुल संख्या ४८१ जना पुगेको छ । जसमध्ये ४२२ जना संक्रमित निको भएर घर फर्किएका छन् । जिल्लामा कोरोना संक्रमणबाट हालसम्म जिल्लामा ३ जनाको ज्यान गइसकेको छ ।