सूर्य सुनार
असोज ८
जिल्ला अस्पताल गुल्मीमा रेम लाल परियार संग उपचार खर्च नहुदा अस्पतालमै छट्पटि रहेका छन् । प्युठान जिल्ला गौमुखी गाउँपालिका वडा न. २ डाडागाउँका रेम लाल परियार उपचार खर्च नहुदा जिल्ला अस्पतालमै बस्न परेको उहाँका माइला बाबुका छोरा यम बहादुर परियारले जानकारी दिनुभयो ।
तम्घासमा काम गरेर जिवीको पार्जन गदै आउनु भएका परियार आफ्नो बहिनीको डेरामा बस्दै आउनुभएको थियो । उहाँको २ भाइछोरा र ३ बहिनी सहित ५ जना सन्तान रहेको र श्रीमति अन्तै बिहे गरेर गएको यम बहादुर परियारले बताउनुभयो । उनको परिवार सबै प्युठान रहेको र उनी एक्लै तम्घासमा काम गदै आएका थिए । परिवार संग पराम्रस गर्दा हामी पनि यता बाढी पहिरोले घर बगाएकोले समस्यामा परेकोले उपचार गर्न केही उपाय नलाग्ने जवाफ परिवारले दिइएको उहाँका माइला बाबुका छोरा यम बहादुर परियारले बताउनुभयो ।
जिल्ला अस्पताल गुल्मीले बिरामीलाई यहाँ उपचार गर्न सम्भब नभएको भन्दै बुटवल लुम्बिनी अस्पतालमा लैजान भने पनि परिवार संग उपचार खर्च नहुदा बुटवल लुम्बिनी अस्पतालमा लैजान नसकेको यम बहादुर परियारले बताउनुभयो । उनी अहिले ३० वर्ष भएका छन् । उनको मुटुमा समस्या देखिएकाले बिरामीको अवस्था जटिल भएको डाक्टरले बताएको परियारले बताउनुभयो । दलित विपन्न परिवारमा जन्म लिएका रेम लाल परियार को उपचार खर्च हुन सकेको छैन् । उनको ज्यान बचाउनका लागि उनका माइला बाबुका छोरा यम बहादुर परियारले सबै संग आर्थिक सहयोग माग्नु भएको छ ।
विहान वेलुका छाक टार्ने कसरी हो भने पिरालोले परिवारलाई सताउन्छ । उपचार गर्ने कुरा त परै जाऔस उपचार परिवार बाट नहुने भएकाले सबैले सहयोग गरिदिन परिवारले आग्रह गरेको छ । यदि सहयोग गर्न चाहेमा ९८४९१८५८३३ र ९८११४२८८७७ र मा हुकुम थापा संग सम्पर्क गर्न सकिने छ ।