कृष्ण अन्जान
असौज १२
कोभिड १९ को संक्रमण समुदाय स्तरमा फैलिए पछि यतिवेला रुरु क्षेत्रको रिडीबजार प्रभावित छ । दैनिक जसो संक्रमित फैलिन थालेपछि यसक्षेत्रमा लगाइएको सिल पुन १८ गते सम्म थपिए संगै रिडी बजारमा सन्नाटा छाएको छ । रुरुक्षेत्र गाउंपालिकका वडा न १ को च्यूरेक ,रातामाटा ,रिडीबजार ,भटकुवाको तल्लो क्षेत्र मस्यौदि एक्लेपिपल देखि सातमुरे क्षेत्र पुर्णरुपमा सिल गरिएको छ । रिडीबजार र यस आसपासका क्षेत्रमा गरिएको सिलको अवधि थप्नु हाम्रो वाध्यता हो संक्रमण बाट समुदायलाइ जोगाउन निषेधाज्ञा थप्नु वाहेक हामि संग अर्को विकल्प रहेन रुरुक्षेत्र गाउंपालिकाका अध्यक्ष निलकण्ठ गौतमले भन्नु भयो ।
यसक्षेत्रका बैंक वित्तिय संस्था लगाएत बजार क्षेत्रका सम्पुर्ण व्यवसायिक प्रतिष्ठानहरु बन्द रहेका छन । लामो लकडाउन पछि केहिमात्र भए पनि चहलपहल शुरु भएको रिडी बजार पछिल्लो चरणमा दशैंको मुखैमा सिल भए संगै रिडीबजार सुन्य भएको छ । अघिल्लो हप्ता रिडी बजार पारी कुसेनि क्षेत्रमा एक जना महिलाको कोरोनाको संक्रमणबाट मृत्यु भए पछि यो क्षेत्रमा समुदायमा कोरोना फैलिएको पाइएको छ संगै रिडीक्षेत्रका एक जना ७५ वर्षिय वृद्धमा समेत कोरोना पुष्टी भए संगै यो क्षेत्रमा सन्त्रास फैलिएको हो । दैनिक जसो कोरोना संक्रमितहरु थपिदै जांदा यस क्षेत्रको जनजिवन नराम्ररी प्रभावित भएको छ । स्थानिय वासिन्दा घरबाट वाहिर निस्कएको देखिंदैन । नेपालकै प्रसिद्ध धार्मिक स्थलको रुपमा रहेको रुरुक्षेत्रको रिडीबजार धार्मिक गतिविधि संगै विविध धार्मीक मेला महोत्सव लाग्ने ठाउं भए पनि गतवर्षको चैत्र देखी त्यसैत कोरोनको कहरले जुधिरहेको रुरुक्षेत्रको धार्मिक पर्यटन समुदायमा कोरोना सरेपछि झनै नराम्ररी थलिने निश्चित भएको भएको छ ।