असोज १३
सन्धिखर्क।
जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर ( २ को भद्रीखोला वडा कार्यालय नजिकैको घुम्तीमा फलफुल बोकेको गाडी दुर्घटना परेको छ।
दुर्घटना परेको लु १ च ९८१५ नम्बरको सिंगल क्याब फलफुल डिपो को गाडी रहेको खबर प्राप्त भएको छ। दुर्घटनामा गाडी चालक बोम बहादुर परियार र हरिलाल खनाल घाइते भएका छन्।
घाइते दुवै जनालाई उपचार लागी अर्घाखाँची जिल्ला अस्पताल पठाईएको छ। उक्त सिंगल क्याबको एक्कासि ब्रेक फेल हुँदा सडक खण्ड देखि झन्डै १५ २० मिटर तल खसेको स्थानीयहरुको भनाइ रहेको छ।