असोज १३
कृष्ण अन्जान
कोभिड १९ को संभावित संक्रमणका कारण शैक्षिक क्षेत्रको अवस्था यतिवेला डावाडोल छ । संघिय सरकारले शिक्षालाइ वैकल्पीक रुपमा सिकाइ अभ्यास का रुपमा मात्रै सुचारु गर्न भनेको छ र अझै विध्यालयमा विध्यार्थी जान सक्ने अवस्था देखिएको छैन । तर गुल्मी जिल्लाका केहि स्थानिय हरुमा भने दशैंको मुखमा विध्यार्थी हरुलाइ विध्यलयमा नै बोलाएर औपचारकि अध्ययन अध्यापन शुरु गरिएको छ । रुरुक्षेत्र गाउं पालिकाको वडा नं १ वाहेकका वडाहरुका विध्यालयमा पठन पाठन जारी छ । शिक्षालाइ कति सम्म अनिर्णयको वन्दि बनाउने? संक्रमणको अवस्था नरहेकका क्षेत्रमा विध्यालय सञ्चालन गरिनु पर्छ भन्ने हाम्रो धारणा हो त्यसै अनुरुप विध्यालय सञ्चालन गर्न हामिले निर्देशन दिएका हौं शिक्षा समितीका संयोजक समेत रहेका रुरुक्षेत्र गाउंपालीका अध्यक्ष निलकण्ठ गौतमले भन्नु भयो ।
गाउंपालिकाले वडाहरुलाइ विध्यालय कसरी सञ्चालन गर्ने भन्ने अधिकार दिएको र यसै अनुसार वडाअध्यक्ष हरुले विध्यालय व्यवस्थापन समिती ,विध्यालयका शिक्षक हरु संग विचार विमर्श गरि विध्यालयमा पठन पाठनकको व्यवस्था मिलाइएको छ । विध्यालयमा अभिभावक हरुलाइ वोलाएर विध्यालय व्यवस्थापन समिती र शिक्षकहरुको रोहवरमा विध्यालय सञ्चालनलाइ सुचारु गर्ने सहमती सवैजसो विध्यालयमा गरिएको हो ।तर विडम्वना विध्यार्थीका अभिभावक हरुनै विध्यालयमा विध्यार्थी पठाउने सहमती गरेर पनि छोराछोरी विध्यालयमा पठाइ हाल्न डराएको पाइएको छ ।
जताततै कोरानाको मात्रै हल्ला छ जेखिम मोलेर कसरी छोराछोरी विध्यालय पठाउन सकिन्छ र दशैं तिहार पछि मात्र तैपनि कोरोना कम भए मात्रै विध्यालय पठाउने हो रुरुक्षेत्र ३ ठांटी की भुनकुमारी सनानी भन्नुहुन्छ । भुन कुमारी जस्तै यसक्षेत्र सवैजसो अभिभावक आफ्ना छोराछोरी विध्यालय पठाउन तर्सेका मात्र छैनन कोरोनाको संक्रमण फैलिने होकी भनेर डराएका छन । त्यसो त विध्यालयमा सावन पानी ,मास्क लगाएतको व्यवस्थापन संगै सामाजिक दुरी कायम गर्न एकजना विध्यार्थिलाइ एउटा बेन्चमा राखेर पढाउने व्यवस्था मिलाइएको रुरुक्षेत्र ३ को प्रतिभा प्राथमीक विध्यालय सागर पोखरीका प्रधानध्यापक लक्ष्मण पन्थी वताउनु हुन्छ ।
तर जे जस्तो व्यवस्था गरेपनि मात्र विध्यालयमा विस प्रतिसत मात्र विध्यालय आउने गरेको पन्थिको भनाइ छ । सिंगो समुदाय बाट विध्यार्थी विध्यालय नआए पछि पसल खोलेर ग्राहकको प्रतिक्षमा रहेक पसलेको जस्तो अवस्था यतिवेला खुलेको विध्यालय हरुको छ । अभिभावक मानसिक रुपमा तयार नभए सम्म विध्यार्थी हरु विध्यालय जाने अवस्था रहंदैन ।अझै पछिल्लो चरणमा कोरोनाको अवस्था भयवह भैरहेको अवस्था र नजिकिंदै गरेका चाडपर्व मान्न समुदायमा वाहिर वाट मान्छे हरु आउने र कोरोनाको संक्रमणको खतरालाइ मध्यनजर गर्दै विध्यार्थी हरुलाइ विध्यालयमा बोलाएर जोखिम मोल्नु भन्दा घरमै स्वअध्ययनको व्यवस्था मिलाउनु पर्ने भएको छ