असौज १४
गुल्मीमा यातायातका साधनहरुले सरकारले तोकेभन्दा पनि दोब्बर भाडा लिएको समाचार विभिन्न सञ्चार माध्यममा प्रकाशित भएसँगै जिल्ला प्रहरी कार्यलय गुल्मीले संक्रियता देखाएको छ ।
जिल्ला प्रहरी कार्यलयबाट कोरोना रोकथाम तथा नियन्त्रणको लागी जनचेतनामुलक कार्यक्रमहरु र माइकिङ्ग गरेर हरेक सवारीधनीलाई सिट क्षमता भन्दा आधा यात्रु राख्ने, माक्स प्रयोग गर्ने भनिएपनि सवारीधनीले अटेर गरेसँगै त्यसबारे समाचार सम्प्रेसण भएको थियो । योसँगै जिल्ला प्रहरी कार्यलय गुल्मीले थप सक्रियता बढाएको हो ।
बुधबार प्रहरी सहायक निरिक्षक लक्ष्मण रावतको कमाण्डमा खटिएको ५ जना ट्राफिक सहितको टोलीले पुःन चेकजाच गर्ने क्रममा बढि भाडा लिएका र बढि यात्रु राखेको सवारीलाई नियन्त्रणमा लिएको छ । बढि भाडा लिएका र बढि यात्रु राखेका ५ वटा जिप साथै २ वटा बसलाई नियन्त्रणमा लिई कारबाहीको प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यलय तम्घास गुल्मीले जनाएको छ ।