असौज १४
चुरामणी तिमिल्सिना
रुरु क्षेत्र गाउँपालिका वार्ड न १ तथा तानसेन नगरपालिका वार्ड न १४ कुसेनी र रिडिमा कोरना संक्रमितको सन्ख्यामा वृद्धि भैरहदा स्थानियमा त्रास फैलिएको छ । केही दिन यता ९३ जनाको स्याब संकलन गरि तम्घास पठाइएको थियोे । सबैको नतिजा प्राप्त भएको छ ।जस्मा ३८ जनाको नतिजा भने पोजिटिभ देखिएको छ। १ जनाको मिर्तु भएको छ भने १ जना भने काठमाडौमा उपचारत रहेको रुरु प्राथमिक स्वास्थ केन्द्रका डा सुबोध ज्ञवालीले जान्कारी दिनुभयो।
यता रुरुक्षेत्र को रिडी बजारमा कोरोनाको त्रास फैलियको र यस्लाइ सान्त्वना प्रदान गर्न मङल बार रुरु क्षेत्र गाउँपालिका वार्ड न १ का वडा अध्यक्ष रामलाल बिकले कोरोना संक्रमित रहेका ७ घर परिवारलाइ वडाको तर्फबाट फल फुल तथा चयन परास बितरण गर्नुभएको छ । बिकले घरघरमा पुगि दुरि कायम गर्दै ज्वानो, बेसार, पानी ,अदुवा, कागती, गुर्जो लगायत घरायसी उपचारबाट निको हुने बिस्वास दिलाउँदै न आत्तिन आग्रह समेत गर्नु भएको छ ।