असौज १४
पाल्पा
पाल्पा जिल्लाको तिनाउ गाँउपालिकाको अर्खलेमा जंगली च्याउ खाँदा २ जना विरामी भएका छन् । विषालु च्याउ खाँदा तिनाउ गाउँपालिका वडा ६ अर्खलेका ३० वर्षीया मिना सारु र उनको भाई १४ वर्षीय कमल अर्घाली विरामी भएका हुन् । उनीहरुको लुम्विनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
उनीहरुलाई उपचारको लागि मंंगलबार साँझ लुम्बिनी मेडिकल कलेज प्रभासमा ल्याएकोे थियो । विरामी उनीहरुलाइ वान्ता र पखाला निरन्तर भईरहेको भएपनि स्वास्थ्य अवस्था मध्यम रहेको अस्पताल स्रोतले जनाएको छ ।