गुल्मी / असोज १५
गुल्मीको धुर्कोट गाउपालीकामा पनि समुदायमा कोरोना देखिएको छ ।
धुर्कोट गाउपालीका वडा नम्बर २ पिपलधाराका एक १९ वर्षिय पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यलय गुल्मीका परिवार नियोजन सुपरभाइजर गोपाल बहादुर कार्कीले जानकारी दिनुभयो । हिजो नै संक्रमित हुनेहरुमा ५ जना रेसुङ्गा नगरपालिकाका पनि रहेको कार्कीले बताउँनुभएको छ । योसँगै जिल्लामा कोरोना संक्रमितको कुल संख्या ५६१ जना पुगेको स्वास्थ्य कार्यलय गुल्मीका परिवार नियोजन सुपरभाइजर गोपाल बहादुर कार्कीले जानकारी दिनुभयो । उनीहरुको पिसिआर रिर्पोट रेसुङ्गा कोभिड प्रयोगशालामा परिक्षण भएको कार्कीको भनाई छ । हालसम्म जिल्लामा संक्रमितमध्ये ४५० जना उपचार पछि निको भएर घर फर्किएका छन् भने ४ जनाको यसअघिनै मृत्यु भैसकेको छ ।