रुपन्देहि / असोज १५
रुपन्देहिमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । बुटवलको कोरोना विशेष अस्पतालमा एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको अस्पतालका फोकल पर्शन डाक्टर शुर्दशन थापाले जानकारी दिनुभयो । बुटवल उपमहानगरपालिका वडा नम्बर १० का ८० बर्षीय पुरुषको मृत्यु भएको डाक्टर थापाले बताउनुभयो । असोज १२ गते कोरोना पोजेटिभ देखीएका उनलाई बुधबार साझँ ७ बजे कोरोना कोरोना अस्पतालमा भर्ना गरिएको थियो । उपचार गर्दागर्दा बुधबार राति नै उनको मृत्यु भएको डाक्टर थापाले बताउनुभयो ।