असोज १६
गुल्मी/ चुरामणी तिमिल्सिना
गुल्मीको रिडि हुँदै शान्तीपुर जाने रिडि रुद्रबेनी सडक खण्ड शुक्रबार देखि अवरुद्ध छ ।
माथिबाट सडकमा पहिरो खसेपछि सडक अबरुद्ध भएको रुरु क्षेत्र गाउँपालिका वार्ड न १ का वार्ड अध्यक्ष रामलाल बिकले जानकारी दिनुभयो । पहिरो पन्छाउने कार्यका लागी सबै उपकरण तयारी अबस्थामा भएपनि माथिबाट पहिरो खस्न नरोकिएकोले बाटो सफा गर्न नसकिएको गुल्मिका प्रमुख जिल्ला अधिकारी भरत कुमार शर्माले जानकारी दिनुभयो। शर्माले सबै यातायातका साधनहरु लाई रिडि रातामाटा ग्वादी हुँदै जान आग्रह समेत गर्नुभएको छ । यो सडक कहिले सम्म बन्द हुने हो भनेर गुल्मीका प्रमुख जिल्ला अधिकारिलाई जिज्ञासा राख्दा यस विषयमा सडक डिभिजन कार्यालय , नेपाली सेना र शसस्त्र प्रहरी बल ,स्थानिय निकाय लगायत सग छलफल अगाडी बढाइएको बताउनुभयो । बारम्बार पहिरो खस्दा सर्बसाधारण समेत मर्कामा परेको बिष्णु पन्जर निवासी रेणुका पन्थीले बताउनुभयो । पहिरोले खानेपानिको समस्या समेत आफुहरुले दिनहु झेल्नु परेको उपभोक्त समितिका एक सदस्य ताराचन्द्र भट्टराईको भनाई छ ।