गुल्मी /असोज १६
गुल्मीमा थप १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जिल्लाको धुर्कोट गाउपालीकामा एक जना , रेसुङगा नगरपालीकाका ५ जना, मालीका गाउपालीकामा ४ जना ,रुरु क्षेत्र गाउपालीकामा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यलय गुल्मीका परिवार नियोजन सुपरभाइजर गोपाल बहादुर कार्कीले जानकारी दिनुभयो । यो सगै जिल्लामा कोरोना संक्रमितको कुल संख्या ५ सय ८१ पुगेको छ । जिल्लामा ४ सय ७६ जना डिस्चार्ज भएका छन भने ४ जनाको यस अघि नै मृत्यु भइसकेको छ ।