डि बि खड्का
असोज/१६ गुल्मी – जिल्ला खेलकुद कार्यालय गुल्मीले एक महिनाको सटर भाडा छुट गरेको छ ।
कोरोना भाइरसका कारण व्यवसायीहरु मारमा परेकोका कारण केहि सहुलियत दिइएको खेलकुद कार्यालय गुल्मीले जनाएको छ । राष्ट्रिय खेलकुद परिषद (राखेप)को निर्देशन तथा जिल्ला खेलकुद विकास समिती गुल्मीको निर्णय अनुसार सटर भाडा छुट गरिएको कार्यालय प्रमुख डिल्ली विश्वकर्माले जानकारी दिए ।खेलकुद कार्यालयले आफ्ना पाँच वटा सटर फरक फरक मुल्यमा भाडामा दिएको छ ।
यसरी एकमुष्ट एक लाख १२ हजार सात सय ५५ रकम छुट दिएको हो । तर यता व्यवसायी भने खेलकुद कार्यालयको निर्णय प्रती असुन्ष्ट रहेका छन । उनीहरुले लकडाउन अबधिको ५० प्रतीशत रकम छुट पाउनु पर्ने माग राखेका छन । साथै एक महिनाको भाडा छुटले आफुलाई केहि सहुलियत नहुने उनिहरुको धाराण रहेको छ । यद्यपि खेलकुद कार्यालयले भने केन्द्र र समितिको निर्णय अनुसार काम गरेको उल्लेख गरेको छ ।