आज राँके जुलुस,भोली रुपन्देही बन्द तथा नेकपाका सांसदका घर अगाडी कालो झण्डा
असौज १७
बुटवल
नेपाली काङ्ग्रेसले भोली १८ गते रुपन्देही बन्द घोषणा गरेको छ । प्रदेश ५ को राजधानी दाङ राख्ने प्रस्ताबसँगै रुपन्देहीमा नेपाली कांग्रेसले आन्दोलन चर्काएको हो ।
काङ्ग्रेसले भोली १८ गते बुुुटवलका १९ ओटै वडामा राके जूलूस निकाल्ने भएको छ । नेपाली काङ्ग्रेस रुपन्देहीको शनिबार बुटवलमा बसेको बैठकले विभिन्न आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गर्दै युवा, विद्यार्थी तथा उद्योगी व्यवसायीहरुसँग छलफल अगाडी बढाएको छ ।
आज राँके जुलुस,भोली रुपन्देही बन्द तथा नेकपाका सांसदका घर अगाडी कालो झण्डा प्रर्दशन लगाएतका कार्यक्रमहरु गर्ने निर्णय भएको बताईएको छ ।