चुरामणी तिमिल्सिना
असौज २२
रुरु धार्मिक सेवा सन्चार प्राली रुरु क्षेत्रधाम ले सहयोग रकम हस्तान्तरण गरेको हो । पाल्पा तानसेन नगर पालिका वार्ड न १४ टिपुरे निवासी झबिन्द्रलाल पान्डे बचाउ अभियान कार्यक्रम मार्फत रुरु धार्मिक सेवा सन्चार प्रालिले देश तथा बिदेश बाट २लाख ५१ हजार ९सय सात संकलन गरेको थियो उक्त रकम स्व झपिन्द्रलाल पान्डेको परिवारलाइ औपचारिक कार्यक्रमका साथ निवासमा नै हस्तान्तरण गरियको रुरु धार्मिक सेवा सन्चार प्रालिका अध्यक्ष तथा पत्रकार चुरामणी तिमिल्सिनाले बताउनुभयो। करिब ४ महिना को सेरोफेरोमा२ मिर्गौला पिडित पान्डेको उपचारकाको क्रममा निवासमा निधन भएको र उनको लागि सन्कलन गरिएको रकम र बुटवल भिम किराना बाट सहयोग भएको खाध्य सामाग्री प्रदान समेत गरिएको पत्रकार तिमिल्सिनाले बताउनुभयो । कार्यक्रममा तानसेन नगर पालिका वार्ड वार्ड न १४ वार्ड अध्यक्ष कमल राना प्रमुख अतिथि रहनुभएको थियो। वार्ड सदस्य बिष्णु रेग्मी , नेकपाका सोभाखरभट्टराई ,रुरु प्राबिका प्रधानाध्यापक भिम ढेगा, समाजसेबी दिपाकर पान्डे जानकी पान्डे ,कृषि प्राबिधिक रमाकन्डेल , साबिक वार्ड न९ का टोल सम्योजक मीन बहादुर कुवर समाजसेबी तथा शिक्षा प्रेमी महानभाबहरुको सहभागीता रहेको थियो। कार्यक्रममा प्रमुख अतिथि रानाले मिर्गौला पिडित बचाउ अभियान कार्यक्रम सुरुवाती गरेर समाजलाई ठूलो सहयोग गरेको र मिर्तु संघ लडिरहेका पिडितको लागि सामाजिक सन्जाल बाट सहयोग उठायर प्रदान गरेकोमा वार्ड को तर्फबाट धन्यवाद प्रदान गर्नुभएको थियो मिर्तकको नमामा १ मिनेट मौन धारण गरियको थियो। यसै गरि ३ बर्षकि पबन भट्टराईकि छोरि करिब ४ महिना देखि बलड कन्यान्सर भएर काठमाडौमा उपचारभैरहेको अबस्थामा यश सस्थालाई लन्डन बाट प्राप्त भएको ९० हजार र स्थानियले सहयोग गरेको ५ हजार १ सय सात सहित रु ९५ हजार १ सय सात रुपैया पबन भट्टराईको निवासमा नै प्रदान गरिएको अध्यक्ष तिमिल्सिनाले जान्कारी दिनुभएको छ ।भने कार्यक्रमको संचालन पत्रकार दुर्गाराज पान्डेले गर्नुभएको थियो।