चुरामणि तिमिल्सिना
असौज २५
गुल्मिको छत्रकोट गाउँपालिका वार्ड न ४ श्रीङ्गा रुप्सेमा करोडौंको लगानीमा शिव पाञ्चाएन मन्दिर निर्माण भैरहेकोको निर्माण कमटिका अध्यक्ष लक्ष्मण कंडेलले बताउनुभयो ।
झन्डै १०० बर्ष पहिलेको इतिहास बोकेको मन्दिर जिर्ण तथा पुरानै शौलिमा निर्माण भएकाले मन्दिर गुठियार समितिको निर्णयले आधुनिक, ब्यवसथित ,कम्पाउड, आश्रम , ठूलो घन्टा, ठूलो मुर्ती , कार्यक्रम सन्चालन गर्ने ट्रस्ट जस्ता निर्माण गरिने मन्दिरका जग्गा दाता लक्ष्मी कंडेलले बताउनुभयो । मन्दिर निर्माणका लागि मन्दिरका सस्थापक स्व सर्मानन्द कंडेल का परिवार हरु लक्ष्मी देवि कंडेल
कृष्ण कंडेल
लक्ष्मन कंडेल
राधिका पौडेल
भुवन कंडेल
जमुना खरेल कंडेल
श्रीधर कंडेलले स्व श्रीमान तथा पिताको सम्झनामा मन्दिर देखि आश्रम सम्पुर्ण निर्माण गर्नको लागि जग्गा प्रदान गर्नुभएको हो । उहाँहरुले सामाजिक कार्यमा रुचि देखाउदै केही बर्ष पहिले आफ्ना स्व पति तथा पिता बिष्णु प्रसाद कंडेलको सम्झनामा पाल्पाको अर्गली देउराली डाडामा आफ्नै लगानिमा आधुनिक प्रकारको आकर्षक प्रतीक्षालय समेत निर्माण गर्नुभएको छ । आफ्ना पिताको त्यहाँ नजिकै यातायात दुर्घटना हुँदा मृत्यु भएकोले तेहि सम्झनामा प्रतीक्षालय निर्माण गरिएको कृष्ण कंडेलले जानकारी दिनुभएको हो । यता मन्दिर निर्माण कार्यमा पनि आफ्ना हजुरबुवाले स्थापना गरेको हुनाले आबश्यक जग्गा उपल्बध गराएको लक्ष्मण कंडेलले बताउनुभयो । यो मन्दिरको धेरै नै गुठी सम्पती भएकोले मन्दिर निर्माणका लागि भने खासै बाहिरी सहयोग उठाउन नपरेको मन्दिरका सहयोगी पोमलाल कंडेलले जानकारी दिनुभयो ।एस मन्दिरमा दैनिक नित्य रुद्री पुजा समेत हुने गर्दछ । जस्का लागि समितिले मन्दिरकै कोसबाट पुजारी हरि प्रसाद पौडेललाई जिम्मेवारी प्रदान गरेको छ । हाल निर्माण भैरहेको मन्दिर करिब २ महिनामा पूरा हुने र भब्य रुपमा विविध कार्यक्रमका साथ मन्दिर उत्घाटन तथा मुर्ती प्रतिस्थापन गरिने निर्माण कार्यमा सहयोग पुर्याइ आइरहनुभएका तथा जग्गादाता भुबन कंडेलले बताउनुभयो ।