असौज २६
चुरामणी तिमिल्सिना
१० बर्ष दुबै बसेर राम्रो आम्दानी नभए पछी गुल्मी छत्रकोट गाउँपालिका वडा न ४का खेमराज कंडेल आफ्नै जन्मभुमिमा फर्किनु भएको छ मासिक रुपमा बिदेसमा जम्मा ३० हजारमात्र कमाउने र तेसैमा पनि खाना तथा कोठाभाडा तिरेर जम्मा २० हजार मात्र आफुले बचाउने गरेको खेमराजको भनाइ छ । यसरी आफ्नो परिवारको प्रगति तथा पछी सम्म केही नहुने आसा हराए पछी कंडेलले बिदेश लाई छोडेर नेपालमै केही गरौ भनेर फर्किनु भएको हो । २ बर्स देखि कृषि फलफुल तथा पशुपन्छि फम दर्ता गरि सानो लगानी बाट सुरु गरेके फर्म बाट मासिक रु ६० हजारको सेरेफेरोमा आम्दानी लिदै आउनुभएको छ। करिब ६ घन्टा उनकी श्रीमती मन रुपा कंडेल र खेमराज ले आफ्नै फममा काम गर्ने गर्नु हुन्छ । अहिले काक्रा, टमाटर , सेमि, बोडि,मुला घिरौला चिन्चिन्दा, फर्सी ,हरियो साग लसुन अखबरी खुर्सानी ,उन्नत जातका कागती , करेला बन्दागोभी, बाख्रा , भैसिको दूध, तथा घिउ, धान बिक्री , कुटानी पिसानी मिल लगायत बाट दैनिक आम्दानी लिदै आएको खेमराजले बताउनुभयो।
खेमराजले आफुहरुले खासै तालिम पनि नलिएका बताएका छन । बिना तालिम यसरी ७ थान टनेलमा टमाटर उत्पादन गर्दा छिमेकि राधिका , सिबकला , लक्ष्मी अचम्म परेका छन । कंडेलको आम्दानिको श्रोत यति मात्र हैन आफ्नै बारिमा झन्डै ३०० को हारहारिमा सुन्तलाका बोटहरु पनि रहेका छन । जस्मा १२० भन्दा बडि बोटबाट सिजन अनुसार आम्दानी लिइएको मनरुपाले बताउनु भयो । मनरुपाले लसुन बाट मात्रै झ्न्डै ३० हजार आम्दानी लिन सफल भएको कंडेल परिवारले दाबी गरेका छन । यो दम्पती परिवारले ८ ओटा स्थानिय जातको घारम मौरी पालन पनि गर्नु भएको छ । यस बाट राम्रो आम्दानी हुने भएकोले मौरीपालन लाइ थप गरेर लैजाने र अन्य लाई समेत सिकाइ सहजिकरण गरेर गाउँ भरी मौरी पालन गर्न उत्पेरित गर्न भन भएको बताउनुभयो। यहाँ उत्पादन भएका सबै कर्करो देखि फर्सी सम्म अन्त कतै नदिइ आफुहरुले पैचो पसल प्राली लाई दिने गरेको बताउनुभयो । खास गरि आफुहरुलाइ कृषि प्रती जोस जागार र कृषि गर्न सिकाएको पैचोले गर्दा उत्पादन उसैलाई दिने गरेको मन रुपाको भनाइ छ ।पैचोले यति मात्रै हैन बेला बेलमा आफ्नो फममा कृषि प्राबिधिक पठाउने गरेको छ। यसमा आफुहरु निकै आभारी भएको कंडलको भनाइ छ । हाल सम्म पालिकाबाट थोरै मात्र सहयोग पाएको र अनुगमन गर्नको लागि भने खासै आउने नगरेको उनिहरुको गुनासो छ । सिंचाइलाई १ लाख २५ हजारको पलास्टिक पोखरी, थोपा सिंचाइ पनि अनुदान तथा २ हाते ट्याक्टर समेत अनुदान प्राप्त भएको हुनाले यसै बाट हाल सम्म तरकारी तथा फलफुलमा सिचाइ तथा खन जोतमा सहज भएको कंडेलले बताउनुभयो ।मेहनत र फल आम्दानी अनुसार पालिकाले सहयोग गरेमा अन्य फरक फरक तरकारी तथा उन्न्त जातका कागति तथा फलफुलका बोटहरु लटरम्म लगाउने इच्छा समेत राखेको खेमराजले जानारी दिनु भएको छ ।