अर्घाखाची
असोज २६ – अर्घाखाचीमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।
जिल्लाको सन्धिखर्क नगरपालीका वडा नम्बर ४ की ८० वर्षीया महिलाको इमरजेन्सी एक्सपर्ट टेस्टबाट पीसीआर परीक्षण गर्दा पोजेटिभ नतिजा आएको थियो । उनको उपचारका क्रममा रुपन्देहीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा सोमबार दिउँसो मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले जानकारी दिनुभयो ।यो सगै अर्घाखाचीमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५ पुगेको छ । यस्तै जिल्लामा सोमबार थप ४ जनामा कोरोना संक्रमण को पुष्टि भएको छ । पाणिनि गाउपालीकाका ४ जना २७,४३,५९ र ६३ वर्षिय पुरुषमा कोरोना पोजेटिभ देखिएको सुचना अधिकारी विजय बरालले जानकारी दिनुभयो । यो सगै अर्घाखाचीमा कोरोना संक्रमितको कुल संख्या ५ सय १८ पुगेको छ ।जिल्लामा ८४ जना सक्रिय संक्रमितहरु रहेका छन भने ४ सय ११ जना डिस्चार्ज भएका छन ।