असौज २६
चुरामणी तिमिल्सिना
थोर्गा रुपन्देही सम्पर्क समाजले रिडि माध्यमिक बिधालय रिडि गुल्मिलाइ दैनिक रुपमा बिधालय सन्चालन गर्नको लागि स्वास्थ सामाग्री प्रदान गरेको छ। कोरनाका कारण लामो समय बिधालय ठप्प भएकोले सुरक्षाका सामाग्री पालाना गरि पालिकाको निर्देशन अनुसार आफुहरुले जोर बिजोर नियम लागू गरि पठन पाठन सुरु गरेको बिधालयका प्रधानाध्यापक रोहित भन्डारीले जान्कारी दिनुभयो।
सम्पर्क समितिले बिद्यार्थी, शिक्षक र कर्मचारीको लागि आबस्यकता अनुसार माक्स सेनेटाइजर, र साबुन प्रदान गरेको सम्पर्क समितिका सचीव राम प्रसाद पोख्रेलले जान्कारी दिनुभयो । यसै गरि सस्कृत तथा साधारण माबी रिडि , थोर्गा च्युरेक आधारभुत बिधालय थोर्गा लागायतका बिधालयहरुमा सामाग्री प्रदान गरेको सम्पर्क समितिका पुर्ब अध्यक्ष ज्ञान प्रसाद ज्ञवालीले बताउनुभयो ।
हस्तान्तरण कार्यक्रममा मुक्ती ज्ञवाली , बिधालय शिक्षकहरु कर्मचारीहरु लगायतको सहभागीता रहेको थियो। भने कार्यक्रमको अध्यक्षता समितिका अध्यक्ष चन्द्रलाल कसजुले गर्नुभएकोे छ ।