चुरामणी तिमिल्सिना
३ कात्तिक गुल्मी ।
रुरु क्षेत्र गाउँपालिका वडा नं १ रिडिले फ्रेन्डस कलब रिडिलाइ खेलकुदका सामाग्री हस्तान्तरण गरेको छ । बडा दसैं सुभ दिपावलि तथा छड पर्वको पुनित अबसरमा वडाको तर्फबाट खेलाडी हरुलाइ हौसला प्रदान गर्नको लागि सामाग्री प्रदान गरिएको वडा अध्यक्ष्य रामलाल बिकले जानकारी दिनुभयो। फुटबल नेट कृकेट बल तथा रेफ्री को लागि आबस्यक पर्ने सामाग्री समेत वडा मै हस्तान्तरण गरिएको थियो। हस्तान्तरण कार्यक्रममा बोल्दै अध्यक्ष बिकले बर्तमान जगतमा खेल कुदको भुमिका रहनु, खेलाडी उत्पादन गरेर पालिकाको पहिचान गराउनु आफ्नो वडाको कर्तव्य भएकोले आगामी दिन्मा समेत थप खेलकुदका सम्पुर्ण सामाग्री प्रदान गर्ने बताउनुभयो। दैनिक रुरुको खेलमैदान्मा खेलाडीहरुले खेलको अभ्यासमा गरिरहेका र कोच लाई परिचालन गरि आफुहरुले सीप सिकेको खेलाडी अनिस श्रेष्ठले बताउनु
भएको छ ।