सुरेश थापा
गुल्मी, कार्तिक ५
विगत ८ महिनादेखि दुवै मृगौला फेल भई जिवन मरणको दोसाधमा रहेका सत्यवती–४, एक्सिं निवासी, गुल्मीको साहाघाटमा होटेल व्यवसाय गर्दै आउनुभएका ३६ वर्षिय तिर्थ सींजालीको उपचारार्थ फिंङल्याण्ड मा कार्यरत नेपाली दाजुभाईहरुद्धारा पठाइएको नगद रु ८९ हजार सहयोग रकम हस्तान्तरण गरिएको छ ।
एक बारको चोला हो अजम्बरी कोहि बाच्ने होइन एउटा सानो सहयोगले कसैको जिवन बचाउन सकियो भने त्यहि नै मानव धर्म हो हाम्रो सानो सहयोगले कसैको जिवन बाच्छ भने किन सहयोग नगर्ने भन्ने उद्देश्यका साथ फिनल्याण्डमा कार्यरत सत्यवती–५,साहाघाट निवासी बसन्त भन्डारीको नेतृत्वमा फिनल्याण्डमा कार्यरत सहयोगी दाजुभाई दिदिबहिनीहरुद्धारा संकलन गरी पठाएको रकमलाई समाजसेवी तुल्सीराम भण्डारी, पत्रकार सुरेश थापा र शंकर भुसाल ले हस्तान्तरण गर्नुभएको हो ।
बसन्त भण्डारीको विशेष पहलमा सरस्वती क्षेत्री सापकोटा साहाघाट ४० युरो, अशोक पाण्डे अस्लेवा २५ युरो, लक्ष्मण भण्डारी सोता रुपाकोट २० युरो, तारा प्रसाद सापकोटा वामीटक्सार २० युरो, ममता अर्याल इन्द्रेगौडा ३० युरो, अच्युत भण्डारी अरुङ्गा २५ युरो, रमेश भण्डारी अरुङ्गा २० युरो, मुना भन्डारी खरेल साहाघाट अर्जेवा ३० युरो, सन्तोष पाण्डे अस्लेवा देउपाटन २० युरो, बिन्दु भण्डारी खरेल ढाँड आँपचौर २० युरो, दिपक भण्डारी रघेवा २० युरो, रिता भण्डारी खरेल रघेवा तल्लाफाट २५ युरो, विनोद श्रेष्ठ अरुङ्गा २० युरो, अस्मिता अर्याल पाण्डे अस्लेवा तल्लाफाट १० युरो, सुजन त्रिपाटी पोखरा १० युरो, कृष्ण प्रसाद पाण्डे अस्लेवा १५ युरो, विपिन ढकाल रितौदी २५ युरो, सिता ढकाल अर्याल रितौदि आँपचौर २६ युरो, हरि ढकाल रितौदी २० युरो, सरस्वती भण्डारी खैरेनी ९रुपाकोट० १५ युरो, डिल्लिराज पाण्डे अस्लेवा २० युरो, पिताम्बर सापकोटा चितवन १० युरो, भुपराज पाण्डे खैरेनी ९रुपन्देही० २० युरो, सविना ढकाल खरेल रितौदि ९इन्द्रेगौडा० ५१ युरो, नमुना ज्ञवाली खरेल बम्घा छम्दि, २१ युरो, कृष्ण भट्टराई शंकरनगर रुपन्देहि १० युरो, लक्ष्मिपती भण्डारी चेघा ५० युरो, बसन्त भण्डारी साहाघाट २५ युरो, केशव भण्डारी अरुङ्गा २५ युरो, गरि सटही रुपैयाँ ८९ हजार हस्तान्त्रण गरिएको हो ।
सिंजाली परिवार आर्थिक रुपमा एकदमै कमजोर रहेकोले थोरै भएपनि सहयोग गर्न सके केहि राहत हुने र अरुले पनि यसरी नै सहयोग गरुन भन्ने उद्देश्य लिएर उक्त रकम पठाएको बसन्त भण्डारीले बताउनु भयो ।