चुरामणि तिमिल्सिना
कार्तिक ७
स्थानिय स्तरमा बिभिन्न खेलका खेलाडी उत्पादन गर्नको लागि रुरु क्षेत्र गाउँपालिका वडा नं १ ले वडा दसै सुभ .दीपावलि तथा छड पर्वको पुनित अबसर पारेर विभिन्न यसै वार्ड भित्र रहेका रातामाटा ,थोर्गा, रिडि, तथा भट्कुवाका कबल लाई भलिबल कृकेट तथा फुटबलका सम्पुर्ण सेटहरु वडाले कार्यलयबाट क्लबका अध्यक्ष्य तथा प्रतिनिधि हरुलाई निमन्त्रणा गरि खेलकुद सामाग्री हस्तान्तरण गरेको वडाअध्यक्ष रामलाल बिकले जान्कारी दिनुभयो । वडाले बिगतका बर्षहरुमा पनि बितरण गरेको र आगामी कार्यक्रममा पनि हस्तान्तरण गरिने अध्यक्ष्य विकले जानकारी दिनुभयो। यस वार्ड भित्र फ्रेन्डस क्लब रिडि , भट्कुवा युथ क्लब भट्कुवा रुरु सास्कृतिक उत्थान युवा क्लब थोर्गा र दुर्गामाता युवा क्लब रातामाटाले खेल कुद सामाग्री माग गरे पछी वडा तर्फबाट बितरण गरिएको वडा सचिब गोबिन्द प्रसाद पौडेलले बताउनुभयो । बिहिवार सामाग्री हस्तान्तरण कार्यक्रममा सबै क्लबका सदस्यहरुको सहभागिता रहेको थियो ।सामाग्री हस्तान्तरण गर्दै वडा अध्यकक्ष्य विकले धर्म सस्कृती, रितिरिवाज, परम्परा तथा खेल जगतलाई पहिचान गराएर एस गाउँपालिकाको नाम राख्न युवाहरु लागि परेकाले हरेक बर्ष पालिका मार्फत युबा लक्षित कार्यक्रममा युवाहरुको कार्यक्रम समेट्न सके समाजको पहिचान हुन समय नलाग्ने र आर्थिक आम्दानी पनि खेकुद बाट प्रात हुने बताउनु भएको छ ।