गुल्मी
कात्र्तिक १३ – मेलमिलाप सम्बन्धी अभिमुखिकरण कार्यक्रम गुल्मीको धुर्कोट गाउपालीका वडा नम्बर ५ बस्तुमा सम्पन्न भएको छ ।
मेलमिलाप परिषद काठमाडौको आयोजनामा हाम्रो समस्या , हाम्रै समाधान भन्ने मुल मन्त्रका साथ धुर्कोट प्रमानन्द भण्डारी बहुमुखी क्याम्पसको प्रांगडमा कार्यक्रम गरिएको हो । धुर्कोट गाउपालीका वडा नम्बर ५ का वडा अध्यक्ष ढुण्डिराज भण्डारीको अध्यक्षता रहेको कार्यक्रममा सर्वोच्च अदालतका रजिष्टार एवम् मेलमिलाप परिषदका सदस्य सचिव नारायण प्रसाद पन्थीको प्रमुख आथित्यता ,धुर्कोट गाउपालीका अध्यक्ष भुपाल पोख्रेलको बिशिष्ट आथित्यता, धुर्कोट गाउपालीका उपाध्यक्ष एवम् न्यायिक समितिका संयोजक शिब बहादुर खत्री , वडा नम्बर ७ का वडा अध्यक्ष हिम प्रसाद पन्थीको आथित्यता रहेको थियो ।
कार्यक्रमका प्रमुख अतिथी पन्थीले बिभिन्न किसिमका बिबादहरुलाई सकेसम्म समुदायमै समाधान गर्नुपर्ने बताउनुभएको थियो । मेलमिलाप विवाद समाधानको सर्वोत्कृष्ट उपाय रहेको भन्दै उहाँले घरपरिवार , छिमेक तथा समुदायभित्र हुने विवादहरुलाई दुबै पक्षलाई सहभागि गराई समुदायस्तरमै विवाद समाधान गर्नु नै उत्कृष्ट रहेको बताउनुभयो ।
कार्यक्रममा बोल्दै बिशिष्ट अतिथि तथा गाउपालीका अध्यक्ष पोख्रेलले सानातिना बिबादहरु लिएर अड्डा अदालत जानुभन्दा समुदायमै समाधान गर्न तर्फ लाग्नुपर्नेमा जोड दिनुभएको थियो । कार्यक्रमका अतिथि ,गाउपालीका उपाध्यक्ष तथा न्यायिक समिति संयोजक खत्रीले सामुदायिक मेलमिलापले सबैको भलो गर्ने भन्दै सकेसम्म समुदायमा बिबाद समाधान गर्न नसके न्यायिक समितिलाई जानकारी गराउन आग्रह गर्नुभएको थियो ।
मेलमिलाप परिषदका शाखा अधिकृत देबिराम भण्डारी कार्यक्रममा सहजिकरण गर्नुभएको कार्यक्रममा समाजसेवी , बुद्धिजिबि, , विद्यार्थी , सुरक्षाकर्मी , पत्रकार लगायतको सहभागिता रहेको थियो । सामान्यतया पारिवारीक बिबाद,लेनदेन,जग्गा जमिन जस्ता देवानी प्रकृतिका मुद्धा ,सानातिना कुटपिट, लुटपाट लयागतका फौजदारी मुद्धाहरु र व्यापार वा व्यवसायिक प्रकृतिका कुनै पनि बिबादमा मेलमिलाप प्रक्रिया अपनाउन सकिन्छ ।