चुरामणी तिमिल्सिना
कार्तिक १३
सत्यवती गाउँपालिका वडा नम्बर १ अस्लेवा गुल्मीमा सहयोग कार्यक्रम सन्चालन गरेर यादव पाण्डेको घर निर्माण भएको छ । झन्डै ८ महिना निरन्तर देश तथा बिदेशबाट आर्थिक सहयोग उपलब्ध भएपछी निर्माण कार्य अन्तिम चरणमा पुगेको निर्माण कार्यक्रम अभियान्ता सन्तोष गौतमले जानकारी दिनुभयो । यादवले आफ्ना घर परिवारलाई राम्रो, मीठो मसिनो र राम्रो जीवन यापन गराउनका लागि भारतको मुम्बई पसेका थिए । तर यादवको सपना साकार भएन । उनी काम गर्दै गर्दा रेलको पट्रिमा दुर्घटनामा परेका थिए । दुर्घटनामा परि देब्रे हात र देब्रे खुट्टा दुबै गुमाएका थिए । झन्डै २ बर्ष भारतमा उपचार गराएर नेपाल फर्केर आएको यादवले बताउनु भयो । अहिले नेपाल फर्किएको पनि ११ बर्ष भयो घरको मुलि मान्छे दुर्घटनामा परेपछी आम्दानीको श्रोत नभएकोले सन्तोष गौतम मार्फत बिभिन्न ब्यक्तिहरुले सामाजिक सन्जाल मार्फत यादवको बेलि बिस्तार सार्वजनिक गरेका थिए । भिडियो सार्बजनिक भएपछी विभिन्न ठाउँहरुबाट उनको घरनिर्माणका लागि आर्थिक जुटिरहेको अभियान्ता सन्तोषले बताउनुभयो। हाल सम्म सत्यवति गाउँ पालिकाले गरिबी निवारण अन्तर्गत मुख्य मन्त्री योजना कार्यक्रमको रु ४ लाख गरि उनको घर निर्माणमा रु १८लाख संकलन भएको हो। जस मध्ये ६ लाख पचास हजार, घर निर्माणमा, ६ लाख, जग्गा खरिदमा ,विविध खर्चमा १लाख ५० हजार सबै दान दाताले बोलेको रकम प्राप्त भएमा र ४ लाख उनको भबिष्यका लागि बैक खातामा रहने समचारमा उल्लेख गरिएको छ । भुकम्प प्रतिरोधात्मक घर तथा अपांग मैत्री शौचालय समेत निर्माण गरिएको हो। यस अभियानमा सत्यवती गाउँ कार्यपालिकाको कार्यलय तथा वडा नम्बर १ परिवारले ठूलो सहयोग गरिरहेको यादवले बताउनुभयो । पाण्डेका श्रीमती र २ छोरि रहेका छन । यी साना नानिहरुको जनता माध्यमिक बिधालयले उनिहरुको बर्ष भरी लाग्ने शुलक समेत निशुल्क गरेको जनता माध्यमिक बिधालय अभिभाबक संघका अध्यक्ष घनश्याम पाण्डेले बताउनुभयो । पान्डेलाई अव तिहारको आसपासमा घर प्रदान गरिने गौतमले बताउनुभयो ।