कात्तिक १७
पछिल्लो २४ घण्टामा थप २ हजार ९३३ जनामा कोरोना भाइरस (कोभिड(१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १३ हजार ४४६ नमुना परीक्षण गर्दा ११७६ महिला र १७५७ पुरुषमा संक्रमण पुष्छि भएको हो ।
यससँगै कुल संक्रमितको संख्या १ लाख ७६ हजार ५०० पुगेको छ ।यस्तै छ १ लाख ३७ हजार ९९२ संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र ३१५० जना संक्रमणमुक्त भएका हुन् ।
देशभर ३७ हजार ५२४ सक्रिय संक्रमित छन् । उनीहरुमध्ये ३० हजार ९२४ जना होम आइसोलेसनमा छन् भने ३४७ जनाको आईसीयू र ७४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।मन्त्रालयका अनुसार काठमाडौं उपत्यकाका १६३० संक्रमित थपिएका छन्, जसमध्ये १३२९ जना, ललितपुरका १९३ र भक्तपुरका १०८ जना छन् ।
यस्तै चितवनका १६८ जना, रुपन्देहीका १४६, कास्कीका १२७, सुनसरी र काभ्रेका ८५र८५ जना, दाङा ६४, झापाका ६०, गोरखाका ४६, नवलपुरका ४०, मकवानपुरका ३३, रौतहटका ३२, मोरङ र सोलुखुम्बुका २९र२९ जना, सिन्धुपाल्चोकका २७, कैलालीका २६, धनुषाका २३, नवलपुरका २१, बाँकेका २० र नुवाकोटका १९ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
पर्साका १५ जना, धादिङका १४, तनहुँका १३, कञ्चनपुरका १२, बारा, सिराहा, पर्वत र स्याङ्जाका ९र९ जना, दोलखा, रसुवा, सिन्धुली र बर्दिर्याका ८र८ जना, सर्लाही, दैलेख र डडेलधुराका ७र७ जना, महोत्तरी र बाग्लुङका ६र६ जना, दयपुर, लमजुङ, कपिलवस्तु र गुल्मीका ५र५ जना, अर्घाखाँची र सुर्खेतका ४र४ जना, सप्तरी, रामेछाप, पाल्पा र बैतडी ३र३ जना, इलाम, ताप्लेजुङ, तेह्रथुम, धनकुटा, रोल्पा र अछामका २र२ जना तथा ओखलढुंगा, प्युठान, डोल्पा र सल्यानका १र१ जनामा संक्रमण देखिएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा थप २४ जनाको ज्यान गएको छ । नेपालमा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको संख्या ९ सय ८४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।