पाल्पा,
कात्र्तिक १८ – पाल्पामा थप १ जनाको कोरोना संक्रमणका कारण निधन भएको छ । ४४ वर्षीय एक पुरूषको मृत्यु भएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिए ।रामपुर नगरपालिका वडा नं। ७ पाल्पाका उनि लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचाररत थिए । उनमा यही कात्तिक ५ गते कोरोना पुष्टि भएको थियो । योसँगै पाल्पामा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ११ पुगेको सूचना अधिकारी पन्थीले जानकारी दिए ।