राधा पोख्रेल ,
गुल्मी, कार्तिक १८ – गुल्मीको माालीका गाउपालीका समाज कल्याण परिषदका पदाधिकारीहरुको पदभार ग्रहण कार्यक्रम सम्पन्न भएको छ ।
तुल्सी अर्याल अध्यक्ष रहनुभएको परिषदमा गाउपालीकाका ८ वटै वडामा ८ जनाको प्रतिनिधीत्व हुने गरि दलित, जनजाती, अपांग , महिला , जेष्ठ नागरिक ,बालबालीका सहितको १५ जना सदस्यहरु रहेका छन । समाजमा रहेका बिकृति, बिसंगति, कुरिति, कुसस्कृति अन्त्य ,आर्थिक सामाजिक हिसावले पछाडि परेको वर्ग ,न्युन वर्ग,दलित गरिब परिवारको निम्ती आयआर्जन रुपमा काम गर्ने उक्त समितिको पदावधी नियुक्ति भएको मितिले ३ वर्ष रहने छ । समितिले स्वतन्त्र ढंगले नागरिकहरुसग काम गर्ने , उनीहरुका गुनासाहरु सुन्ने , अप्ठेरोमा परेको लाई सहयोग गर्ने ,बिभिन्न खालका कार्यक्रमहरु बनाएर गाउपालीकासग आर्थिक रकम माग गरि कार्यक्रम सन्चालन गर्नेछ । गाउपालीका अध्यक्ष रित बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष देवा अर्याल, प्रमुख प्रशासकिय अधिकृत दिपक भण्डारी ,वडा नम्बर ५ का वडा अध्यक्ष श्यामलाल गिरि , वडा नम्बर ६ का वडा अध्यक्ष शोभाखर गिरि, वडा नम्बर ७ का वडा अध्यक्ष बेद प्रसाद पन्थी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै गाउपालीका अध्यक्ष थापाले गाउपालीकाले तोकेको कार्यबिधि अनुसारको नियम पुर्ण रुपमा पालना गर्न निर्देशन दिनुभएको थियो ।वडा नम्बर ६ का वडा अध्यक्ष शोभाखर गिरिले कार्यक्रमको उद्धेश्यबारे प्रष्ट पार्नुभएको थियो । प्रमुख प्रशासकिय अधिकृत दिपक भण्डारीको स्वागत मन्तव्य सगै सुरु भएको कार्यक्रमको सन्चालन समाज कल्याण परिषदका सदस्य सचिव कमल नेपालीले गर्नुभएको थियो ।