कार्तिक १८
जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर ( ७ खाँचीकोट भुजुंगेमा मा ट्याक्सी दुर्घटना भएको छ।
दुर्घटनामा पर्नेमा लु १ ज ३५१७ नम्बरको ट्याक्सी रहेको छ। ट्याक्सी सडक खण्ड देखि झन्डै १५० मिटर तल खसेको छ। ट्याक्सी भौतिक रुपमा पूर्ण क्षति भएको छ।
दुर्घटनामा १ जना घाइते रहेको खबर प्राप्त भएको छ। ट्याक्सीमा २ जना मानिसहरु सवार रहेको बुझिएको छ। उक्त ट्याक्सी घुम्ती मोडदा अनियन्त्रित भई दुर्घटना हुन् पुगेको स्थानीयहरुको भनाइ रहेको छ।
घटनाको थप जानकारी आउँन बाँकी रहेको छ।