गुल्मी
कार्तिक १९ – गुल्मीमा थप ६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
मंगलबार कोरोना भाइरसको संक्रमण पुष्टि हुनेमा धुर्कोट गाउपालीकाका ३० वर्षको एक पुरुष र रुरु क्षेत्र गाउपालीकामा ४० वर्षको १ जना पुरुष त्यस्तै रेसुङगा नगरपालीकाका ४ जनाको रिपोर्ट पोजेटिभ आएको हो । धुर्कोट र रुरु क्षेत्र गाउपालीकाका २ जनाको लुम्बिनि मेडिकल कलेज प्रभासमा गरिएको परिक्षणमा र रेसुङगा नगरपालीकाका ४ जनाको गुल्मी अस्पतालमा गरिएको परिक्षणमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ ।
यो सगै जिल्लामा कोरोना संक्रमितको कुल संङख्या ७ सय २४ रहेको छ । जिल्लामा संक्रिय सक्रमितको संङख्या ६४ रहेको छ । कोरोना संक्रमणको कारण जिल्लामा अहिलेसम्म ८ जनाको ज्यान गएको छ ।
पछिल्लो समयमा आवतजावत खुकुलो बन्दै गएपछि कारोना संक्रमण तिव्र गतिमा फैलिइरहेको छ ।घर बाहिर भएकाहरु पनि चाडपर्वमा घर फर्किने हुनाले समुदाय स्तरमा कोरोना फैलिएको छ । कोरोना संक्रमण हुनबाट बच्नको लागि आफै सम्यमता अपनाउनुपर्ने देखिएको छ । त्यसैले अतिआवश्यक काम नपरि घर बाहिर ननिस्कन , निस्कनै परे स्वास्थ्यका मापदण्ड पुरा गरेर घर बाहिर निस्कनुहोला ।