कात्तिक २५
रुरु एफ एम रिडि सहकर्मी
भारतमा भन्दा नेपालमै आर्थिक आम्दानी हुन थाले पछी भारत नौवतुनाका २८ बर्सिय राजु चौधरी नेपालमै रमाउन थालेका छन । केही बर्ष पहिला आफ्ना जन्म दिने बुवा आमालाई गुमाए का चौधरिको काधमा आफ्ना परिवारको थप जिम्मेवारी थपिएपछी नेपालका विभिन्न जिल्ला हरुमा मिठाइ निर्माण तथा कुकको काम गर्दै आयको उनको भनाइ छ । आधारभुत तहको पडाइ मात्र सकेका चौधरी हाल रुरु क्षेत्र गाउँपालिका वार्ड न १ रिडीबजारमा रहेको रुरु मिस्टान्न भन्डारमा मिठाईका परिकार बनाउने, खाजा नास्ता बनाउनका साथै काउणटर समेत समाल्दै आउनु भएको छ । विशेष गरि आफुले झन्डै ३ महिनाको तालिम पछी दुधका सबै परिकार बनाउन सक्षम भएको बताउनुभयो। करिब ६ बर्ष यहि मिस्टान्न भण्डार मा काम गर्दा आफना पसलका मालिकहरु लक्षमण भट्टराई कृष्ण ज्ञवालीले आफ्नै दाइ भाइको ब्यावहार गरेको र सबै जिम्मेवारी दिदा आफुमा झन हौसला मिलेकाले यहीँ ठाउँ रोजाइ बनेको राजुको भनाइ छ । मासिक रु ३०००बाट जागिर खान थालेपछी अहिलै झन्डै मासिक रुपमा सबै खर्च कटाई रु २५ हजार बचत गर्दै आयको उनको भनाइ छ । यता यस मिस्टन्नका सन्चालक कृष्णले आफू नहुदा सबै कारोबार जिम्मेवारी दिने र इमान्दार मिस्त्री भएकोले आफ्नो पसल रहदा सम्म उनलाई नै राख्ने बताउनु भयो। स्थानिय तहमा विभिन्न तालिमहरु सन्चालन हुदा मिठाइका परिकारहरु बनाउने युवाहरूलाई नेपालमै रोजगारिको सिर्जना गर्न सकेमा थुपै युवा जन्सक्ती बिदेश पलायन हुन नपर्ने राजुले बताउछन पालिकाले आफुलाइ निमन्त्रणा गरेर तालिम दिन समेत आफू तयारी अबस्थामा रहेको उन्को भनाइ छ ।