गुल्मी, कार्तिक २८
गुल्मीमा खेलाडी बोकेको जिप दुर्घटना भएको छ । बिहीवार राती करिब ११ बजे तिर गुल्मीको गुल्मीदरवार गा।पा। का वडा नं २ साविकको जुभुङको फोक्सिबास भन्ने स्थानमा जिप दुर्घटना भएको हो ।
जिल्लाको सत्यवती गाउँपालिकामा सम्पन्न क्रिकेट प्रतियोगितामा सहभागी एभर ग्रीन युवा क्लबका क्रीकेट खेलाडीहरु बोकेर गाउँ फर्कँदै गरेको जिप दुर्घटना हुन पुगेको हो ।
जिप सडक भन्दा केही तल खसेको जानकारी प्राप्त भएको छ । दुर्घटनाको कारण र क्षती बारे भने बिस्तृतमा जानकारी आउन बाँकी रहेको छ ।