काठमाडौं,
कात्तिक २८ – आज काग तिहार मनाइदैछ ।
यमपञ्चकको पहिलो दिन मनाइने काग तिहार यसपाली भने यमपञ्चक सुरू भएको दोस्रो दिन अर्थात् आज मनाइँदै छ । कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार विधिवत् रूपमा बिहीबारबाट नै सुरु भएको हो ।यस वर्ष यमदीपदान बिहबिारदेखि सुरु हुने भए पनि काग तिहार शुक्रबार परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । पञ्चांग समितिका अनुसार धनवन्तरि जयन्ती एवम् धनतेरस पनि आजै परेको छ।
कागलाई यमराजको सन्देश सुनाउने यमदूतका रूपमा लिइन्छ । र मिष्ठान्न खुवाएर कागको पूजा गरिन्छ । काग यमराजको अत्यन्त प्रीय भक्त पनि मानिन्छ । यसैगरी पञ्चाङ्ग बमोजिम प्रत्येक वर्ष कार्तिक कृष्ण पक्षको त्रयोदशीका अथवा काग तिहारका दिन दिन धनवन्तरी त्रयोदशी अर्थात धनतेरस मनाउने चलन छ । धन त्रयोदशी र धनतेरस पनि यसै दिनलाई भन्ने गरिन्छ । यस वर्ष भाइटीका भने मंसीर १ गते परेको छ । भाइटीकाको उत्तम साइत बिहान ११.३७ बजे रहेको पञ्चाङ्ग समितिले जनाएको छ ।