कात्र्तिक २९
काठमाण्डौ – सबै बैंकहरु आजदेखि तीन दिनसम्म बन्द हुने भएका छन् ।
नेपाल बैंकर्स संघले तिहारको बिदा अवधि आज, भोलि र पर्सि सबै बैंकहरु बन्द हुने जनाएको हो । गएको वर्षको दशैँ तथा तिहारको बिदामा समेत सीमित बैंकका काउन्टरमार्फत सेवा प्रवाह गर्दै आएका बैंक तथा वित्तीय संस्थाले यस वर्ष कोरोना भाइरस सङ्क्रमणलाई ध्यानमा राख्दै सेवा बन्द गर्ने निर्णय गरेका हुन् । सबै बैंकका शाखाहरु बन्द भए पनि डिजिटल बैंकिङ्ग र एटीएम सेवाहरु भने सञ्चालन हुने बैंकहरुले जनाएका छन् ।