अनिल खत्री
३० कात्तिक, गुल्मी ।
गुल्मीको रेसुङ्ग गौशालामा औंशीको अबसरमा समुहिक रुपमा गाईगाइपूजा गरिएको छ । रेसुङ्गा संरक्षण समितिको आयोजनामा औँसीको अबसर पारेर जिल्लाको धार्मिक स्थाल रेसुङ्गासँगै रहेको गौशालामा रहेका गाईको सामुहिक रुपमा पूजा गर्दै आएको हो ।
यमपञ्चक अर्थात् तिहारको चौथो दिन औँसीको अबसरमा गाईको पूजा गरेर मनाउने प्रचलन रहेको छ । औंशीको अबसरमा जिल्लाको सदमरमुकाम तम्घाससँगै बिभिन्न स्थानबाट गाईको पूजा गर्नेहरुको बिहानै देखि भिड लाग्ने गर्दछ ।
तर यसवर्ष भने कोरोना महामारीले गर्दा त्यस्तो भिडभाड भने भएन । अघिल्ला वर्षहरुका बिभिन्न स्थानबाट गाइको पुजा गर्न जाने गर्दथे ।
गाईको संरक्षणको निम्ति प्रत्येक व्यक्तिबाट प्रतिदिन १ रुपैयाँ उठाउनको निम्ति असभयान पनि चलाइएको रेसुङ्गा संरक्षण समितिका उपाध्यक्ष नवराज भुसालले बताए । गौशालमा रहेका गाईलाई पूजा गर्नुका साथै नुन, तेल, रोटी, चामलको पिठो लगायत खुवाउने गर्दछन् । हिन्दुधर्ममा गाईको पुजा गर्नलाले स्वर्गको वासहुने मान्यता रहि आएको छ ।
गाईको पूजा गर्नाले आफुले भुल गरेर गरेका पापहरु नासहुने र पुण्ड्य लाभ हुने धार्मिक मान्यता रहेको छ । गाईपूजा गरेसँगै देउसी भैलो खेल्ने प्रचलन पनि रहि आएको छ ।
रेसुङ्गासँगै रहेको गौशालामा २०४२ साल देखि गाईहरु पालिदै आएको छ । लामो समयदेखि यस क्षेत्रमा सदरमुकाम तम्घास वासी र छिमेकी गाउँपालिकाबाट मानिसहरु जाने गर्दछ । हिन्दुधर्ममा गाईको महत्व धेरै रहेको छ ।
रेसुङ्गामा स्थानियले पितृहरुको मनोकांक्ष पुरा गर्न भन्दै गाईदान गरेर छोडने प्रचल पनि रहेको छ । गाउँमा गाईहरु पाल्ने प्रचलन घट्दै गएपनि रेसुङ्गागामा रहेको गौशालमा व्यवस्थित रुपमा गाईहरु पालिदै आएको छ ।
गौशालामा स्थानिय जातका गाईहरु रेसुङ्गा संरक्षण समितिको संरक्षणमा पालिदै आएको हो । बनमा चर्ने गाईको गहुतबाट बिभिन्न रोगहरुको निम्ति औषधी हुने मान्यता रहि आएको छ ।
प्राय सबै ठाउँमा स्थानिय जातका गाईहरु पाल्न छोडेकाले लोप हुने अबस्था गाइलाई बचाउनको लागि पनि गौशालामा गाईहरु पालिदैँ आएको छ । हिन्दु धर्ममा गाई मात्र होइने गाईको गहुँतको पनि उत्तिकै महत्व रहेको छ ।