अजय खड्का
गुल्मी, १४ मंसिर
कालिगण्डकी करिडोर अन्तरगत रिडी–रुद्रवेणी–हर्मिचौर सडकखण्ड कालोपत्रे हुने भएको छ ।
सडकको परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले शनिबार रुरु क्षेत्र गाउँपालिका १ को रिडीमा शिलन्यास गर्नुभएको छ । कालोपत्रे निर्माण कार्यको शिलन्यास गर्दै मन्त्री ज्ञवालीले कालिगण्डकी करिडोर कुनै जिल्ला बिषेशको मात्रै नभएर देशकै समृद्धिको मार्ग भएको बताउनुभयो । उहाँले भारत र चिन जोडने करिडोरले बिचमा पर्ने जिल्लाका नागरिको आर्थिक तथा सामाजिक जीवनमा ठुलो प्रभाव पार्ने बताउनुभयो । ज्ञवालीले निर्माण व्यावसायीलाई सम्झौता अनुसार काम गर्न आग्रह गर्नुभयो । ‘सरकारको तर्फबाट निर्माण व्यावसायीलाई सहजीकरण गर्ने तर, काम नगर्नेहरुको पक्षमा मुखदर्शक नबन्ने भन्दै कामको सम्झौता गरेर विभिन्न बहाना बनाएर उम्कने निर्माण व्यावसायीलाई कानुन अनुसार कारबाही गर्ने मन्त्री ज्ञवालीले बताउनुभयो ।कालिगण्डकी करिडोर सडक योजना पाल्पा र शर्मा सगुन जेविबिच ०७७ भदौ १६ गते सडक कालोपत्रेको सम्झौता भएको आयोजना प्रमुख सुवोध कुमार देवकोटाले जानकारी दिनुभयो । निर्माण कम्पनीले ५५ करोड ३० लाख ५३ हजार ८ सय ३५ रुपैयाँ २२ को लागतमा ३० महिनाभित्र कालोपत्रेको काम सम्पन्न गर्ने देवकोटाले बताउनुभयो ।
सम्झौता अनुसार सडक ११ मिटर चौडाई, आठ मिटरको डवल लेन, एक मिटर चौडाईको नाली, दुई मिटर भाग सोल्दर छ । कालिगण्डकी करिडोर सडक योजना मार्फत नवलपुर, पाल्पा, गुल्मी, स्याङजा, पर्वत र वाग्लुङ गरेर ६ वटा जिल्लामा सडक निर्माणको काम भइरहेको छ । कालिगण्डकी गाउँपालिका प्रमुख बेदबहादुर थापाले रिडी आउन दुई दिन लाग्ने पुर्तिघाट र हर्मिचौरका नागरिक अहिले एक घण्टामा आउन थालेको बताउनुभयो ।
उहाँले करिडोरका कारण शाखा सडक पुगेका नागरिकहरुको पनि आर्थिक तथा सामाजिक स्थितीमा सुधार भएको बताउनुभयो ।