राधा पोख्रेल
गुल्मी / मंसिर १४
गुल्मीको मदाने गाउपालीका वडा नम्बर ६ पुर्कोटदहमा १५ शैयाको अस्पताल भवन शिलन्यास गरिएको छ ।
पुर्व मन्त्री तथा प्रतिनिधिसभा सदस्य गोकर्णराज बिष्टले आज एक कार्यक्रमको बिच अस्पताल भवनको शिलन्यास गर्नुभएको हो । भवन शिलन्यास कार्यक्रममा नेकपा केन्द्रिय कमिटि सदस्य दिनेश पन्थी, नेकपा लुम्बिनि प्रदेश कमिटि सदस्य बुद्धि जिसि ,प्रदेश कमिटि सदस्य निम बहादुर पाण्डे ,जिल्ला कमिटि सदस्य गणेश श्रीपाली,गाउपालीका अध्यक्ष दान बहादुर केसि,उपाध्यक्ष सरिता खड्का,प्रमुख प्रशासकिय अधिकृत रुद्र बहादुर पछाई,मन्त्री बिष्टका स्वकिय सचिब रमेश काउछा , सम्पुर्ण वडाका वडा अध्यक्षहरु ,जग्गादाताहरु, आमासमुहहरु लगायतको उपस्थिति रहेको थियो । शिलन्यास कार्यक्रममा बोल्दै मन्त्री बिष्टले गाउमै हस्पीटल निर्माण भएपछि जनताहरुलाई स्वास्थ्य उपचारको लागि टाढाटाढा जानुपर्ने बाध्यताको अन्त्य हुने बताउनुभएको छ । यस्तै आज नै पार्टी कार्यकर्ता भेटघाट कार्यक्रम पनि सम्पन्न भएको छ । भोली धुर्कोट गाउपालीकामा १५ शैयाको अस्पताल भवन शिलन्यास गर्ने कार्यक्रम रहेको मन्त्री बिष्टका स्वकिय सचिब रमेश काउछाले जानकारी दिनुभयो ।