कृष्ण अन्जान
गुल्मी/मंसिर १४
गुल्मीको रुरुक्षेत्र गाउँपालिका वडा न ३ को जौखोला क्षेत्रमा रहेको गुफाको स्थानिय वडाका जनप्रतिनिधि र स्थानिय समाजसेवीको टोलीले अवलोकन गरेको छ ।
परापुर्वकाल देखि रहेको गुफालाइ स्थानियहरुले भालुको दुलो भनिए पनि गुफा भित्र हजारौँको सँख्यामा चमेराहरु बस्ने गरेका छन । जौखोला को नजिके भित्तामा रहेको गुफामा सानो प्वालबाट भित्र पसेपछि ठुलो आकारको गुफा सँगै बिचमा एऊटा बाटो तल तिर र अर्को बाटो सिधा जान सकिने र जति भित्र गयो गुफाको आकार ठुलो हुँदै गएको अवलोकन कर्ता स्थानिय समाजसेवि ज्ञानेश्वर ज्ञवालीको भनाइ छ । चहकिलो लाइट बालेर गुफा भित्र जानू पर्ने र गुफाको भित्तामा अनेक आकृति सँगै भित्र ढुँगाका चुलाहरु देख्दा परापुर्व कालमा आदिम मानव बस्ने ठाउँ रहेको सजिलै अनुमान लगाउन सकिन्छ ।
तानसेन रिडी तम्घास को फँलाटे बाट कच्ची सडकबाट स्यालपोखरी हुँदै सागरपोखरी सम्म सवारी साधनमा पुग्न सकिने त त्यहाँबाट करिब २० मिनट पैदल झरेपछि यो गुफामा पुग्न सकिन्छ भने सालविसाउना बाट बिसौना खोल्टे हुँदै भँडारथुम सम्म सवारी साधनमा र त्यहाँबाट पनि करिब २० मिनटको पैदल झरेपछी गुफा सम्म पुग्न सकिन्छ । अचम्मको प्राकृतिक सम्पदाको रुपमा रहेको यो गुफासम्म पुग्न आवस्यक सडक निर्माण प्रचार प्रसार गर्न सके आन्तरिक पर्यटकहरुको गन्तव्य बन्ने छ ।