मंसिर १६
राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका एकजना असिस्टेन्ट सव–ईञ्जिनियर ५ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको जिल्ला आयोजना कार्यान्वयन इकाई स्याङ्जा अन्तर्गत भिरकोट नगरपालिकामा कार्यरत असिस्टेन्ट सव–इन्जिनियर भगवती राउत ५ हजार रुपैयाँ घुस सहित पक्राउ परेकी हुन् । पूर्व सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराबाट खटिएको टोलीले असिस्टेन्ट सव–इन्जिनियर राउतलाई पक्राउ गरेको हो । भूकम्पका कारण घर भत्किएपछि घर पुनःनिर्माण लाभग्राहीको घर निर्माणको रकम निकासा गरिदिएवापत लिएको ५ हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो ।