मंसिर २२
नेपालमा कोरोना भाइरस (कोभिड–१९) का सङ्क्रमितको सङ्ख्या दुई लाख ४१ हजार नौ सय ९५ पुगेको छ । सोमबार थप एक हजार १४ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । ६ हजार दुई सय २० जनाको नमुना परीक्षण गर्दा एक हजार १४ जनामा सङ्क्रमण देखिएको हो । त्यस्तै गएको २४ घण्टामा एक हजार ६ सय २८ जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या दुई लाख २७ हजार चार सय ३३ पुगेको छ । अब नेपालमा १२ हजार नौ सय ४८ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै पाँच सय २७ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ । २४ घण्टामा थप २० जना सङ्क्रमितको ज्यान गएसँगै कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या एक हजार ६ सय १४ पुगेको छ ।