गुल्मी, मंसिर २७ ।
लुम्विनी प्रदेशका सामाजिक विकास मन्त्री सुदर्शन बरालले रुरु धार्मिक क्षेत्रको विकासका लागि प्रदेश सरकारले पर्याप्त बजेटको ब्यवस्था गर्दै आकर्षक पर्यटकिय गन्तब्य बनाउन लागेको बताएका छन् ।
शनिवार गुल्मीको रुरुक्षेत्र गाउँपालिका वडा नम्वर २ को ग्वादी माध्यामिक विद्यालयको चारकोठे भवनको उद्घाटन समारोहलाई सम्वोधन गर्दै मन्त्री बरालले यस्तो बताएका हुन ।
प्रदेश सरकारले रुरुक्षेत्रको विकासका लागि थेक्नै नसक्ने गरि बजेटको ब्यवस्था गरेको छ र थप बजेटका लागि आफुले पहल गर्ने छ मन्त्री बरालले भने त्यही रुपमा स्थानीय जनप्रतिनिधी र अगुवाहरुले काम गर्नुहोस ।
प्रदेश सरकार मातहतको सडक पुर्वधार विकास कार्यालय गुल्मी र चन्द्रोदया निर्माण सेवा बझाङ्ग बिच ४० लाख लागतमा २०७७ साल मंसिर २८ गते सम्पन्न गर्ने सम्झौता भए अनुरुप एक दिन पहिला नै चारकोठे विद्यालय भवनको मन्त्री बरालद्धारा उद्घाटन गराई शनिवार हस्तान्तरण गरिएको हो । उक्त ४० लाख रकम सामाजिक विकास मन्त्रालयबाट विनियोजन भएको थियो र ।
त्यस्तै आजै मन्त्री बरालले रुरुक्षेत्र गाउँपालिका वडा नम्वर २ को देउराली झोलुङ्ग पुलको शिलान्यास समेत गरेका छन् । ढापाखोलाको देउराली देखि कोलौंदी गाउँ जोड्निे उक्त पुल निर्माणका लागि प्रदेश सरकारबाट ४० लाख विनियजन भएको मन्त्री बरालका स्वकिय सचिव यदु ज्ञवालीले जानकारी दिए । उनका अनुसार त्यस खोलामा झोलुङ्गेपुल नहुँदा वारी पारिका सयौं घरधुरीका जनता घुमाउँरो बाटो हिडेर करिव २ घण्टामा आवजाव गदै आएका छन ।
अब पुल सम्पन्न भए पछि २ घण्टाको बाटो दुई मिनेट मै वारपार गर्ने छन । मन्त्री ज्ञवाली आज देखि दुई दिन सम्म गृह जिल्लाका विभिन्न कार्याक्रममा सहभागि हुने स्वकिय सचिव ज्ञवालीले जानकारी दिए ।